विदेशमा चकनाचाुर हँदैछन् सपनाहरु

0
  • नरेश थापा, लण्डन। 
वैदेशिक रोजगारीको क्रममा हजारौ युवाहरु नेपालवाट वाहिरिन्छन्। सवैको एउटै उद्देश्य हुन्छ – सुखद र समृद्ध जीवन आफ्नो लागि र सन्ततिको लागि। आशा र अपेक्षा सकारातमक राखे पनि सँधै सोचेजस्तो भने हुँदैन। हजारौं सपना सजाएर कोही अमेरिका र यूरोप पुग्छन् भने कोही खाडिमा आफ्नो भाग्य परीक्षण गर्छन्। के सवैले सँधै सफलता प्राप्त गर्छन त?
nepali dream
सवैले सफलता प्राप्त गर्छन् भन्ने छैन । नयाँ परिवेशमा काम गर्न र स्थापित हुन संघर्ष गर्नुपरेको हुन्छ। कामको शिलशिलामा विदेश आउँदा कहिले भाषाको कारण, कहिले स्थानीय नियम कानुन राम्रोसँग नवुझ्दा त कहिले आफ्नै कमिकमजोरीले पिडित हुन परिरहेको हु्न्छ। जसको फलस्वरुप शारिरिक र मानसिक रुपले नेपालीहरु विदेशमा पिडित भैरहेका छन्। अर्काको देशमा दुख पाउने आफ्नो ठाउँमा छ त्यसको साथसाथै स्वदेशमा पनि ठगिनुपरेको हुन्छ।
विदेश जान पासपोर्ट वनाउन शिफारिस लिने देखि विमानस्थलसम्म आइपुग्दा कयौं पटक ठगीको शिकार वन्नुपरेको हुन्छ। त्यसमाथि पनि म्यानपावर कम्पनिको पन्जामा परेर ठगिएका कथाहरु झनै कहालिलाग्दा हुन्छन्। तिनै दुख झेल्दै विदेश आइपुगेका नेपालीहरु विदेशको चुनौतिको सामना गर्न असफल हुन्छन् र जीवन समाप्त गर्न वाध्य हुन्छन्।
हालै समाचारमा आएका दुइ पात्रहरु मोहनप्रसाद वली र अनिल गिरीले आत्महत्या गरेका समाचार वाहिर आएका छन्। मोहन तिनै पात्र हुन् जो स्वदेशको गुजारायोग्ग स्वव्यवसाय छोडेर विदेशमा पैसा कमाउन र अमेरीकि सपना परिपुर्ति गर्न विदेश हाम्फालेका थिए। आत्महत्या गर्नु अघिल्लो दिन मात्र आफ्नी श्रीमतीलाई फोन गरेर कार्ड पाएपछि लिन आउने आश्वासन वाँडेका उनीमा आफैलाई विश्वास गर्न सक्ने खासै कुनै कुरा साथमा थिएन। अन्तत: परिवारका सदस्यहरुलाई सपना देखाएर उनी गए नफर्कने गरेर।
अनिल पनि त्यही पात्र हुन् जसले वेलायतमा आत्महत्या गरे जीवनसँग हारेर । दुवै जनालाई नेपालमा खान वस्नको कुनै समस्या थिएन तर ठाँटको जीवन जिउने रहर थियो। आजकै भोलि त्यति ठूलो उपलव्धि हासिल हुन सक्दैन भन्ने भुसुक्नै भुले उनीहरुले ।त्यो स्वभाविक नै थियो होला सफलता छिट्टै र सजिलै पाउन सकिँदैन । त्यसले अरुको सपनामा आघात पार्नसक्ने तथ्यलाई भुसुक्क विर्सिए उनीहरुले ।
अनिल र मोहन दुई पात्रमात्र हुन् जसले विकसित देशमा आफ्नो जीवन गुमाए। त्यसको अलावा अन्य कतिपयले मृत्युमय जीवन विताउनु परेको छ। खाडि राष्ट्रहरुमा वैदेशिक रोजगारीको क्रममा जाने नेपाली चेलीहरुको अवस्था कहालिलाग्दो छ। कोही परिवारमा दाशी जस्तो जीवन विताइरहेका छन् भने कोही यौन शोषणको शिकार वनेका छन्। सामाजिक र धार्मिक रुपले कट्टर मुस्लिम समाजमा घरायशी कामगर्न जानु सुरक्षित रोजगारी हुनै सक्दैन महिलाको लागि।
नजानिदो रुपले नेपाली सपना यसरी नै चकनाचुर भैरहेको छ।
Leave A Reply

Your email address will not be published.