सार्क सदस्य राष्ट्रहरुले साझा निर्वाचन व्यवस्थापन प्रणाली विकास गर्ने

0
चारदिशा सम्वाददाता।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आबद्ध राष्ट्रका निर्वाचन व्यवस्थापन गर्ने निकायको साझा मञ्च (फेम्बोसा)  को वैठकले सार्क राष्ट्रमा साझा निर्वाचन प्रणाली विकास गर्ने भएको छ। सार्क शिखर सम्मेलन लगत्तै शुरु भएको फेम्वोसाको वैठकले स्वतन्त्र  र निष्पक्ष निर्वाचन गराउन सहयोग पुग्ने निर्णय गर्दै आपसी अनुभव साटासाट गरेको छ।
फेम्वोसाको वैठकमा सहभागि रहेका सदस्य राष्ट्रका निर्वाचन आयोगका प्रतिनिधिरुले भेलामा ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता : वित्तीय नियमन अभियान’ नारा दएका छन् । उक्त वैठकको उद्घाटन   उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका थिए।
वैठकमा नेपालका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, आयुक्तहरू इला शर्मा, अयोधीप्रसाद यादव, दोलखबहादुर गुरुङ, रामभक्त पिबी ठाकुर, भारतको निर्वाचन आयोगका आयुक्त नासिम जइदी र निर्देशक एसभिर सिंह, पाकिस्तानको निर्वाचन आयोगका आयुक्त अजलउर रहमान, भुटानका प्रमुख निर्वाचन आयुक्त दासो कुन्जाङ वाङ्दी र निर्वाचन अधिकृत किबु जाङ्पोको सहभागिता छ।

यो बैठकलाई सार्क निर्वाचन व्यवस्थापन शिखर सम्मेलनका रूपमा लिइन्छ। साथै सानो सार्क शिखर सम्मेलनका रूपमा पनि यस बैठकलाई हेरिन्छ। १८ आँै सार्क शिखर सम्मेलन समापन भएको एक दिनपछि यो बैठक सुरु भएको हो।

निर्वाचन व्यवस्थापनसँग सम्बन्धित साझा सवाललाई क्षेत्रीय रूपमा सम्बोधन, अनुभव आदानप्रदान, क्षमता अभिवृद्धिका लागि सहकार्य, नवीनतम सीप र प्रविधिको अध्ययन तथा अन्वेषण गर्ने ध्येयका साथ सन् २०१० को मे महिनामा मञ्च स्थापना भएको थियो। मञ्चको पहिलो बैठक सन् २०१० मा बंगलादेशमा, दोस्रो बैठक सन् २०११ मा पाकिस्तानमा, तेस्रो बैठक सन् २०१२ मा भारतमा र चौथो बैठक सन् २०१३ मा भुटानमा सम्पन्न भएको थियो।
पारित कार्यविधिअनुसार फेम्बोेसाको बैठक वार्षिक रूपमा वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूका निर्वाचन व्यवस्था गर्ने निकायले आयोजना गर्ने प्रावधान छ। यही प्रावधानअनुरूप पाँचाँै बैठक नेपालको निर्वाचन आयोगले आयोजना गरेको हो।

 

Leave A Reply

Your email address will not be published.