डिभि लिने कर्मचारीको तथ्याङ्क संकलन गर्न निर्देशन

0

चारदिशा सम्वाददाता, काठमाडौं।

सरकारी सेवामा कार्यरत रहि विदेशमा वसोवास गर्न चाहने कर्मचारीको लागि दुखद दिन प्रारम्भ हुने संकेत मिलेको छ। सरकारले डिभी भरेका कर्मचारीहरु प्रति कडा नीति लिने भएपछि कर्मचारिहरुमा त्रसित वनेका छन्।

संसदको राज्य व्यवस्था समितिले डिभी, पिआर लिने कर्मचारीको नामावली तीन दिन भित्र वुझाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। निजामती कर्मचारी सेवा ऐन संसोधन विधेयकको छलफलको क्रममा सभासदले डिभी, पिआर लिने कर्मचारीको नाम सार्वजनिक गर्न माग गरेका थिए। समितिको बैठकमा सामान्य प्रशासन मन्त्री लालवावु पण्डित समेत उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.