अख्तियार प्रमुखलाई वोलाएर संसदीय समितिहरुले प्रभाव देखाउन खोजेको आरोप

0

चारदिशा संवाददाता, काठमाडौं।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बोलाएर संसदीय समितिहरु हिरो बन्न खोजेको टिप्पणी गरेका छन् ।

हिरो बन्नका लागि लोकमानलाई बोलाएको भन्दै उनले आफ्नो मर्यादालाई ख्याल गरेर समितिहरु अघि बढ्नुपर्ने बताए । उनले भने–‘संवैधानिक अंगका प्रमुखहरुलाई लगातार बोलाउँदा आयोगका कामकारवाहीहरु प्रभावित हुन्छन्, त्यसमा पनि हामीले ख्याल गर्नुपर्छ ।’

अख्तियारले पनि संसदको मर्यादा राख्नुपर्ने भन्दै उसले आफुलाई मन लागेको समितिमा जाने र नलागेको समितिमा जान्न भन्न नमिल्ने धारणा बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सभापति राईले समितिहरुबीच क्षेत्राधिकारबारे विवाद देखिएको भन्दै तत्काल संसदीय समितिका सभापतिहरुको बैठक बोलाएर क्षेत्राधिकार प्रष्ट पार्नु पर्ने सभामुखलाई आग्रह गरे ।

Lok-Man-Singh-Karki_20130510090120

अख्तियारलाई प्रभाकारी बनाउन संसदीय समितिले सहयोग गर्नुपर्ने भन्दै उनले अख्तियारले सिमा नाघेमा उसलाई समितिले नियन्त्रण गर्न सक्ने बताएका छन् ।

कार्यक्रममा संविधानविद डा. भीमार्जुन आचार्यले दुवै निकायले आ-आफ्नो क्षेत्राधिकारको ख्यालगरि कामकारवाही अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

संसदको प्रत्येक समितिलाई संवैधानिक निकायलाई अनुगमनअन्तर्गत बोलाउन पाउने अधिकार भएको भन्दै अख्तियारले जान्न भन्नु गल्ती भएको र अख्तियारले गरेका निर्णयहरु खारेज गर्ने काम गरेर संसदीय समितिले पनि गल्ती गरेको उनले बताएका छन् ।

नेपाल बार एशोसियशनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले संवैधानिक निकायले गरेका निर्णयहरु संसदले उल्टाउन नमिल्ने बताएका छन् । उनले संवैधानिक निकायले पनि संसदको मानमर्दन गर्न नहुने स्पष्ट पारेको अनलाइन खवर डटकमले उल्लेख गरेको छ।

 

Leave A Reply

Your email address will not be published.