एसएसपी खरेल कति संवेदनशील ?

0

चारदिशा संवाददाता,काठमाडौै ।

काठमाडौंका कतिपय गुण्डा डनहरुलाई तह लगाएर चर्चामा रहेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले अपराधिलाई मात्र नभएर एक कुपुत्रलाई समेत “काउन्सिलिन ” गर्ने वताएका छन्। विविसि नेपाली सेवाको कार्यक्रम साझा सवालमा आमन्त्रण गरिएका खरेलले अत्यन्त भावुक वन्दै आफ्नो एकमात्र सन्तानले अलपत्र पारी तीन वर्ष देखि दिलशोभाको आमाघरमा आश्रय लिइरहेकी एक जना वृृद्ध आमाको कुरा सुनेपछि उनको छोराको खोजी गर्ने वताएका हुन्।

प्रहरीको काम केवल कानुनी मात्र नभएर सामाजिक सद्भावका साथै पारिवारिक मिलापमा समेत सहयोग गर्नु रहेको वताउँदै आफूले ती वृद्ध आमाका एकमात्र छोराको खोजि गर्ने र उनलाई आफ्नो कर्तव्यको पालन गर्न परामर्श दिने वताए। ”  मलाई अत्यन्त दुख लागेको छ , त्यस्ता व्यक्तिलाई म कुपुत्र भन्छु  ” खरेलले अन्त्यमा थपे ।

आधुनिक वन्दै गएको नेपाली समाजमा आफ्ना वावुआमालाई उपेक्षा गर्ने क्रम दिनानुदिन वढ्दै गैरहेको छ । एकातिर   उच्च शिक्षा हासिल गर्न छोराछोरीहरु विदेशिने क्रमले गर्दा वृद्धावस्थामा एक्लै साहारा विहीन वस्नुपर्ने अवस्था छ भने  अर्कोतिर छोराछोरी भएर पनि उपेक्षा गरेर वृद्धाश्रममा शरण लिनपर्ने वाध्यताले पनि सामाजिक संरचनामा पनि परिवर्तन हँदैछ। विदेशमा वृद्धाहरुको उचित हेरचाह, स्वास्थ्य व्यवस्था गर्न प्रणालि भएतापनि हाम्रो मुलुकमा भने त्यस्तो व्यवस्था छैन फलत वयोवृद्ध अवस्थामा साहारा विहीन भएर वाँच्नुपर्ने दुखद अवस्था छ।

 

 

 

Leave A Reply

Your email address will not be published.