गायक ढकालसँग अमेरिकामा क्रिसमस

0

क्यालिफोर्निया । नेपालका ख्यातिप्राप्त गायक राम कृष्ण ढकालको सम्मानमा उत्तर क्यालिफोर्नियाका उहाँका प्रशंसक् र मित्रहरुले एक मनोरन्जनपूर्ण रात्रीभोजको आयोजना गरेका छन। अमेरिकाको सर्बाधिक ठुलो चाड क्रिसमसको पूर्व सन्ध्यामा हुन लागेको सो मनोरन्जक कार्यक्रमको नाम रामकृष्ण ढकालसँग क्रिस्मस पार्टी राखिएको छ। सो अवसरमा गायक राम कृष्ण ढकालले आफ्नो सुमधूर गीतहरुले सहभागिहरुलाइ मनोरन्जन दिनु हुनेछ।
कुनै संघ सस्थाको औपचारिक सँग लग्नता नभएको सो कार्यक्रमको सँयोजन र ब्यबस्थापन सम्मानित समाजसेवी उत्तम कार्किले गर्नु भएको छ। आफ्नो कर्मभूमी अमेरिकाको महान चाडको अवसरमा सुद्द मनोरन्जन र मैत्रिपूर्ण भेटघाट गर्ने उद्देश्यले मित्रहरुको आग्रहमा यो कार्यक्रमको आयोजना गरेको बताउँदै सो रात्रीभोजमा इच्छूक सबैलाई आमन्त्रण गर्नु भएको छ।   सान फ्रान्सिस्को ५२३ ब्रोड वे स्थित  चर्चित नेपाली रेस्टुराँ अर्बान करीमा हुने सो रात्री भोजमा सबैको जिब्रोलाई प्रिय लाग्ने   स्वादिष्ट एवम बिशेष नेपाली पारीकारहरु तयार गरिने छ। खाना र मनोरन्जन सहित प्रती व्यक्ती २५ डलर शुल्क लाग्ने ब्यबस्थापन पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.