बेल्जियमको थकाली समुदायले सांस्कृतिक पर्ब तोरण ल भव्यता साथ मनाएकोछ । फागुन पुर्णिमाको दिन मनाइने तोरण ल बेल्जियमको एन्तवेरपेनमा सोमबार मनाइएको हो ।
थकाली सेवा समाज बेल्जियमले आयोजना गरेको कार्यक्रममा थकाली नाच संगै चर्चित गायक द्वय जेबी ओली र लाहुरे कान्छाको सांगीतिक प्रस्तुति रहेको थियो। थकाली भेषभुषामा सजिएका युबा युबतीहरुको नृत्यले दर्शकहरु मन्त्रमुग्ध भएका थिए भने लाहुरे कान्छा र जेबी ओलीले आफ्ना गीतमा सबैलाई नचाएका थिए । आयोजकको तर्फबाट सहभागी सबैलाई होलीको रंग लगाएर स्वागत गर्दै शुभकामना आदान प्रदान गरिको थियो ।
छोट्टो औपचारिक कार्यक्रमको सुरुवात पानसमा दीप प्रज्वलन गरि गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले कार्यक्रमको उद्घाटन गर्दै तोरण ल को शुभकामना दिनुभएको थियो।
बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङ, तमु समाजका उपाध्यक्ष अनिता घले, नेपाली मिलन केन्द्र एन्तवेर्पेनका निबर्तमान अध्यक्ष कान्ती अधिकारी लगायतले शुभकामना दिनुभएको थियो।
समाजका पुर्ब अध्यक्ष बिष्णु सेरचनले तोरण ल को ऐतिहासिक महत्व, थकाली समुदायको परम्परा र देश विदेशमा रहेका थकालीहरुको बारेमा बर्णन गर्नु भएको थियो ।
नेपाल र विदेशमा गरि जम्मा १३ हजार जति जनाशंख्या रहेको यो समुदाय इमान्दार र स्वाबलम्बी मानिन्छ। चार रंग र चार इष्टदेब भएका सेरचन, तुलाचन, भट्टचन र गौचन थरका थकालीहरुको नेपालमा केन्द्रिय थकाली सेवा समाज र बेल्जियम , बेलायत, जापान, अमेरिका र अष्ट्रेलियामा थकाली सेवा समाजले आफ्नो कला संस्कृतिको संरक्षण गर्न क्रियाशील रहेकाछन।
तोरण ल प्रत्येक बर्ष तारा हान्ने , तास खेल्ने, नाचगान गर्ने मिष्ठान्न भोजनले पितृ खुसि पार्ने गरि मनाइञ्छ भने हरेक १२ बर्षमा इश्टदेबको बिशेष प्ûजा गर्ने गरिन्छ।


<
समाजका का.बा. अध्यक्ष एबम कार्यक्रमका शभापति अजित तुलाचनले प्रवासमा आफ्नो परम्परा निभाउन सहयोग र सहकार्य गर्ने सबैलाई धन्यबाद दिएका थिए।
समाजका महासचिब अभिषेक गौचनले संचालनगरेको कार्यक्रममा उपाध्यक्ष अरबिन गौचनले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो।
सोहि अवसरमा आगामी दुइ बर्षका लागि थकाली सेवा समाज बेल्जियमको नया कार्य समिति चयन भएको जानकारी गराइएको थियो। जस अनुसार अध्यक्षमा अजित तुलाचन उपाधयक्ष द्वय- अरबिन गौचन, बसन्त शेरचन, सचिब – अभिषेक गौचन, कोषाध्यक्ष ध्रुब गौचन,र सदस्यहरुमा चित्र गौचन, सुनील गौचन, झपेंन भट्टचन, सूरज गौचन रहनुभएकोछ।