सोमबार काठमान्डूमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा पाँच जना प्रदर्शकारिको मृत्यु भएकोछ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल सुत्रले बताएकोछ ।
रबरको गोली लागेर गम्भीर घाइते भएका करिब २५ जना मध्ये उनीहरुको मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्याइएकाहरुमा २० जनाको अबस्था गम्भीर छ।
जेनजीहरूको प्रदर्शनकारिहरुले संसद भवन कब्जा गरे पछि प्रहरीले बल प्रयोग गरेको र प्रदर्शन थप हिंसात्मक बनेको थियो ।
काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएकोछ ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ र आन्दोलन रोकिएको छैन ।
पोखरा, चितवन, बिराटनगर लगायतका स्थानमा पनि स्थिति तनाबग्रस्त रहेकोछ।।