बेल्जियमको नेपाली समुदायका संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले एनआरएनए केन्द्रको बिबादका कारण बेल्जियमको नेपाली समाजलाई विभाजित गर्न नहुने बताएकाछन्।
एनआरएनए बेल्जियमले सोमबार आयोजना गरेको अन्तरक्रियामा सबैले एक स्वरमा यहाको नेपाली समुदायले निर्बाचित गरेको एनसीसी बेल्जियममा हस्तक्षेप गर्ने अधिकार केन्द्रको कुनै समुहलाई छैन भन्दै उनीहरुले यहाको समाज एकताबद्ध बनाउने पहल गर्ने बताएका हुन्।
अन्तरक्रिया कार्यक्रमको बिषय प्रबेश गराउदै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापोकोटाले स्वायत्त रहेका एनसीसीहरुलाई आफै कानुनि कठघरामा उभिएको र एउटा पार्टी बिशेषको समुहले हस्तक्षेप गर्दै यहाको नेपाली समुदायको सामाजिक सम्प्रभुतामा प्रहार गरेकोले त्यस बारेमा कसरि अगाडी बढ्ने सुझाब दिन र सामुदायिक सद्भावना बिथोल्ने प्रयत्नलाई परास्त गर्नका लागि सहयोग गर्न आग्रह गर्नु भयो।
एनआरएनएको एकता महाधिबेशनबाट निर्बाचित केन्द्रीय प्रबक्ता एबम एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले एनआरएनए कहिले पनि कसैले पनि विभाजित गर्न सक्दैनन् भन्नु भयो। उहाले कसैले व्यापारिक लाभ राजनीतिक स्वार्थका लागि संस्थाको केन्द्रीय भवन र सदस्यता प्रणाली कब्जा गरेर प्रवासमा मिलेर बसेको नेपाली समुदायलाई फुटाउन प्रयत्न गर्नु दुर्भाग्यपूर्ण कदम हो भन्नुभयो।
गौतमले एनआरएनएका बैधानिकता सम्बन्धि मुद्दामा नेपालको सर्बोच्च अदालतले एनआरएन दर्ता भएको पररास्ट्र मन्त्रालयलाई सबै पक्षलाई समेटेर बनाइएको उच्चस्तरीय समिति मार्फत अधिबेशन गराई संस्थाको अविछिन्न कानुनि हैसियत पुरा गर्न दिएको परमादेश अनुसार निर्बाचित समितिनै बैधानिक र डायसपोराले स्वीकार गरेको संस्था हो भन्दै आफुहरुले एनसिसिको स्वायत्ततामा कुनै दखल नदिने बताउनुभयो ।
एनआरएनएका पूर्व आइसिसी सदस्य नेत्र मगरले सर्बसाधरण एनआरएनहरुले केन्द्रको बिबादको बिषयनै बुझेका छैनन् बुझ्न आबस्यक पनि छैन तर बेल्जियमले सर्बोच्च अदालतको आदेशको अपमान नहुने गरि र यहाको समुदायको एकताका लागि निर्बाचित सिता सापकोटाको बर्तमान समितिलाई मान्नु पर्छ भन्नुभयो।
नवलपरासी समाज बेल्जियमका अध्यक्ष नरहरि सापकोटाले अहिले नेपाली समुदायमा अन्योल रहे पनि हिजो निर्बाचित गरेको समितिनै यहाको आधिकारिक समिति हुने बताउनुभयो।
गोर्खा समाज बेल्जियमका निबर्तमान अध्यक्ष राम घलेले सबैको सुझाब अनुसार अगाडी बढ्न अनुरोध गर्नुभयो।
तामाङ्ग बेल्जियमका अध्यक्ष लालिमा तामांगले माथि जे सुकै होस, यहा हामि एनआरएन बेल्जियममा एकजुट हुनुपर्छ भन्नु भयो। उहाले विभाजनले संस्थाको उद्यस्य पुरा गर्न नसकिने बताउदै यहाको निर्बाचित सीता सापकोटाको समितिनै आधिकारिक एनआरएनए हो भन्नु भयो ।
नेपाली जनसम्पर्क समितिका महामन्त्री गोबिन्द सिंह अधिकारीले हामीले निर्बाचित गरेको समिति प्रति हामि जबाफदेही हुनुपर्छ र यहाको समाज विभाजन गर्ने तत्वलाई चिनेर तह लगाउन सक्नुपर्छ भन्नु भयो।
अन्तर्राष्ट्रिय बाग्लुङ्ग समाजका अध्यक्ष गङ्गा शर्माले एनआरएनएको मर्म र एनआरएनएको भावना अनुसार बनेको बेल्जियम एनआरएनएलाइ कुन मुर्खले होइन भन्छ भन्नु भयो।
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङले सीता साकोटा नेतृत्वको एनआरएनएनै हाम्रो एनआरएनए हो भन्दै यसले नै एनआरएनहरुका मुद्दा सम्बोधन गर्न पहल गर्नुपर्छ भन्नुभयो । उहाले समाजका अगुवाहरुले छुट्टिएका भन्नेहरुको पनि कुरा सुनेर दुवै पक्षलाई एक ठाउमा राखेर समाधान खोज्ने प्रयत्न गरौ, आबस्यक भए गोलमेच सम्मेलन गरौ भन्नु भयो ।
एनआरएनएका पूर्व आइसिसि सदस्य सुबाश जोशीले एनसीसी बेल्जियमको बिधान बनाउदा आजको अबस्थाको पनि कल्पना गरेर एनसिसि बेल्जियमले आफ्नो सदस्यता प्रणाली आफै बनाउन सक्ने र त्यहि अनुसार स्वायत्त अधिबेशन गर्न सक्ने व्यवस्था गरेका हौ भन्नुभयो। उहाले बेल्जियमको समुदाय विभाजित हुन् नदिन समाज मिलाउने बिधान मिलाउने जिम्मेवारी यहीको नेपाली समाजको हो भन्नुभयो।
नेपाली जनप्रगतिशील मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेलले नेतृत्वको इगो र पार्टी निर्देशन एनआरएनएको बिधान र जनभावना भन्दा माथि राखेकोले यो समस्या आएको हो, तसर्थ कसैले खारेज गरेर यहाको समिति खारेज हुन् सक्दैन भन्नु भयो। भुजेलले लोकेन्द्र नेपाल लगायतलाई पनि एकताको लागि आह्वान गरौ तर यो समितिको बैधानिकतामा बहस गरेर बेल्जियमको नेपाली समुदायको अपमान नगरौ भन्नुभयो।
मगर संघ बेल्जियमका अध्यक्ष कल्पना मगरले केन्द्रको बिबादले कन्फ्युजनमा रहेको यहाको समुदाय बेल्जियममा एनआरएनएको नाममा भएका समानान्तर गतिबिधिले झन् चिढिएकोछ भन्नुभयो। उहाले एमाले प्यानलले गरेको बेल्जियम समाजलाई फुटाउने प्रयासलाई नजरअन्दाज गरेर सबै एकताबद्ध हुन् आग्रह गर्नुभयो।
पर्बत समाज बेल्जियमका अध्यक्ष नन्दा गुरुङ (दुर्गा) ले सीता सापकोटालाई बेल्जियमको नेपाली समुदायले निर्बाचित गरेको हो, कुनै पार्टीले बनाएको होइन, यदि उहा एनआरएनए बेल्जियमको बैधानिक अध्यक्ष हो भने सदस्यता वितरण लगायतका गतिविधिमा हामि सामेल हुनुपर्छ भन्नुभयो।
काभ्रे समाज बेल्जियमका अध्यक्ष उद्धब गौतमले दुई महिना कार्यकाल बाकि भएको समितिलाई के का लागि हटाउन खोजिदैछ,त्यो बुझौ भन्नु भयो। काम नभएका नेपालीलाई काम लाइदिञ्छु मेरो सदस्य बन भनेर मानसिक शोषण भैरहेकोछ त्यो गलत छ भन्नुभयो।
नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले कतैबाट आएको पत्रको आधारमा छुट्टिएका साथीहरुलाई यहाको समाजले मिलाउनु पर्छ,संस्थाका पूर्व अध्यक्षहरुले उनीहरुलाई बोलाएर उहाहरुको खास माग के हो त्यसमा छलफल चलाएर मिलाउने प्रयास गर्नुस भन्नुभयो।
नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष मनिस गुरुङले केन्द्रको बिबादमा नपरी बेल्जियमको नेपाली समुदायले निर्बाचित गरेको समितिलाई मंचले चिन्छ र उसले वितरण गर्ने सदस्यता लिएर अधिबेशनमा सहभागी हुन्छ भन्नुभयो।
नेपाल आदिबासी जनजाति महासघ बेल्जियमका उपाध्यक्ष मुना राईले बेल्जियमको बिधान र यहाको समाजको भावना अनुसार हुनुपर्छ भन्नुभयो। एनआरएनए स्पेनका पूर्व अध्यक्ष अर्जुन काफ्लेले केन्द्रको लफडा जेसुकै होस् यहाको समाज विभाजित हुनुहुदैन त्यसका लागि निर्बाचित समितिलाई सबैले सहयोग गरौ भन्नुभयो।
एनआरएनए पूर्व आइसिसी सदस्य कमल पन्थीले बेल्जियमको समुदायलाई विभाजन गर्ने प्रयास रोक्न कसरि सकिन्छ प्रयत्न गरौ भन्नुभयो र अग्रजहरुले भनेको मानेमा समस्या समाधान हुन्छ भन्नुभयो।
सांस्कृतिक समाज लुभेनका अध्यक्ष दीपक सापकोटाले परदेशका नेपालीलाई मिलाउनु पर्ने संस्थाका कारणले यहाको समुदाय विभाजित हुनु गलत हो , छुट्टिएकाहरुलाई सके सम्म मिलाएर लैजाऊ र त्यसमा अझै छलफल गरौ भन्नुभयो।
एनआरएनए आइसिसी सदस्य भिम सुबेदीले कानुनको सर्बोच्चतालाई मानेर संस्था दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठको समिति संग सहकार्य गर्नु भनेकोछ। तर बेल्जियम एनआरनए हिजो देखि केन्द्रको बिबादमा नपरी सबैलाई समान ब्यबहार गरेको थियो।
आज कुनै पार्टीको निर्देशनमा समाज फुटाउने प्रयत्न हुनु राम्रो होइन भन्नुभयो। उहाले छलकपट गरेर केन्द्रको भवनको चाबी लिएकाहरुले सबैलाइ धम्क्याउनु गलत हो भन्नुभयो।
एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष चित्र सुबेदीले बेल्जियमको नेपाली समुदाय विभाजित नहुने गरि बहस छलफल हुनु राम्रो हो भानुभायो। सुबेदीले सबैलाई समेटेर अगाडी बढ्ने बाटो पहिल्याउन सल्लाह भैरहेको बेला अब मिल्ने भयो भनेर रसिया र अमेरिका बसेर यहाको सामाजिक एकता बिथोल्ने जुन प्रयास भयो त्यो भ्रत्सना योग्य छ भन्नुभयो।
यहाँको सुखदुखमा संगै हिडेका साथीहरुलाई बाहिरि व्यक्तिले दुरपयोग गरे तर हामीले लेख्दा बोल्दा संयमितता आपनाएर अगाडी बढौ र सबै मिल्ने बाताबरण बनाउ भन्नुभयो। आजको भेलाको म्यान्डेट सबैलाई मिलाउन प्रयत्न गरौ भन्नेछ तसर्थ बर्तमान कार्यसमति र हामि त्यो प्रयास इमान्दारि पुर्बक गर्छु भन्नुभयो।
एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष जानकी गुरुङले एनआरएनएको उद्यस्य अनुरुप डायस्पोरा र मातृभूमिको लागि केहि गर्नु पर्ने बेलामा एउटा अनलाइन सिस्टम कब्जा गैर त्यसैका आधारमा समाज भाड्ने प्रयास गर्ने भादुवाहरुले नेपाली समाजको नेतृत्व गर्ने हैसियत राख्दैनन् भन्नुभयो।
आफ्नो स्वार्थ अनुसार रंग फेरेर डायस्पोरालाई विभाजित अग्रने काम बन्द गर्न सम्बन्धित पक्षलाई, चेतावनी दिदै गुरुङले भन्नुभयो ” सर्बोच्चको परमादेश अनुसार गठित समिति नमान्ने पनि भन्ने अनि त्यसलाई मानेर काम अग्रण रोकिपाउ बन्दै रिट किन हालेको” ? गुरुङले कार्यालय कब्जा गरेकाहरुबाट केन्द्रको कोष हिनामिना भैरहेकोले त्यसबारेमा अख्तियारले छिट्टै अनुसन्धान सुरु गर्ने बताउनुभयो।
अन्त्यमा अन्तरक्रियाबाट आएका सुझाब अनुसार अगाडी बढ्ने एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटाले प्रतिबद्धता जनाउनुभयो। सोहि अन्तरक्रियामा आएको सुझाब अनुसार निम्न तीन बुदे निस्कर्ष निकाल्दै बैठक सम्पन्न भएकोछ।
जसमा एनसीसी बेल्जियमलाई डा बद्रि केसी र गौरीराज जोशी द्वारा प्रेसित पत्र खारेज गर्ने, सोहि पत्रको आधारमा यहाको समुदायलाई विभाजित अग्रने गरि भएका समानान्तर गतिबिधि गरेकाहरुलाई पनि एनसिसिको आगामी महाधिबेशनमा भाग लिन अनुरोध गर्ने, एनसीसी बेल्जियमले बनाएको पोर्टलबात सदस्यता वितरण गर्ने र तोकिएको समयमा महाधिबेशन सम्पन्न गर्ने, रहेकाछन।