नेपाली संगीत जगतको चर्चित ब्याण्ड “नेपथ्य” बेल्जियम आउदै,

0

नेपाली लोक भाकालाई आधुनिक पप संगीतमा संयोजन गरि छुट्टै सांगीतिक धरोहर बनाएको अति चर्चित ब्याण्ड नेपथ्य बेल्जियम आउने भएकोछ।

कन्दरा र छहराहरुको लय समातेर गाइने गाउले गीतहरुलाई आधुनिक युबा पुस्ताले रुचाउने गरि पप संगीतमा ढालेर नेपाली संगीतलाई नयाँ उचाईमा पुर्याएका अमृत गुरुङको समुह नेपथ्यले सेप्टेम्बर ३ तारिख बेल्जियमको लिंत, एन्तवेरपेनमा लाइभ प्रफेर्मेंस दिने आयोजक मादल इन्टरटैनमेन्ट बेल्जियमले जानकारी गराएकोछ।

असीको दशकमा अमृत गुरुङ, भिम पुन र दिपक राना मिलेर बनाएको म्युजीकल ब्याण्डको नेपाली संगीत जगतमा छुट्टै खालको पहिचान र फ्यान फ़लोइङ्ग छ। बिशेष गरि युबा जमातमा बढी प्रभाब भएको नेपथ्यको बेल्जियममा पनि थुप्रै डाइहार्ट फ्यानहरु छन। बेल्जियम मात्र नभएर छिमेकी देश नेदरल्याण्ड, लग्जेम्बर्ग, जर्मनी र फ्रान्सबाट पनि दर्शकहरु नेपथ्यको प्रस्तुति हेर्न आउने आयोजकहरुले बताएकाछन ।

दुई हजार बढी दर्शक क्षमता भएको एडी स्टुडियोमा हुने लाइभ कन्सर्टका लागि तयारि सुरु गरेको र आउने सोमबारबाट टिकेट बिक्रि सुरु गर्ने यसियन ज्वेलरिका रितेश गुरुङले जानकारी गराउनु भएकोछ। नेपथ्यको कन्सर्टका लागी यसियन ज्वेलरी र मादल इन्टरटैनमेण्टले सहकार्य गरेकाछन ।

बिगतमा राजु लामा, सबिन राई, इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा, तृष्णा गुरुङ लगायतका प्रसिद्ध गायक गायिकाहरुको कन्सर्ट सफलता पुर्बक सम्पन्न गरेको मादल इन्टरटैनमेन्टका अजीत तुलाचनले नेपथ्यको लाइभ कन्सर्ट बिशेष किसिमको हुने भएकोले अहिले देखिनै तयारि थालिएको बताउनुभएकोछ।

तुलाचनले बेल्जियममा हुन लागेको बिशेष सांगीतिक प्रस्तुतिलाई सहयोग गरेर बेल्जियमको नेपाली समुदायको एकता र सामुहिक भावना प्रस्तुत गरिदिन संगीतप्रेमी बेल्जियमबासि नेपालीहरु र संघ संस्थाहरुलाई अनुरोध गर्नु भएकोछ।

Leave A Reply

Your email address will not be published.