नेपाली जना प्रगतिशील मंच बेल्जियमको अध्यक्षमा मनिष गुरुङ निर्बाचित हुनुभएकोछ । आइतबार लुभेनमा भएको मंचको १३ औ अधिबेशनले गुरुङको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमितिको सर्बसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भिम सुबेदी, रुपेश श्रेष्ठ र सावित्र गिरीलाई चयन गरिएकोछ। त्यसै गरि संगठनको महासचिबमा सुशिला खतिवडा, सचिबमा दिलिप कुमार हमाल, रमेश दहाल र तेज अर्याल, कोषाध्यक्षमा जीत कुमारी कुवंर (सम्झना) एबम सदस्यहरुमा सीता दाहाल, लक्ष्मी सुबेदी,नारायण भुर्तेल,चित्र कुमारी खतिवडा, बिरेन्द्र लामा, हिमाल बुढा, बिरजन बुढामगर तथा तारा बुढामगर रहनुभएकोछ।
२१ सदस्य रहने कार्यसमितिका बाकि सदस्य पछि थप गरिने भएकोछ ।
यस अघि नेपाली जनप्रगतिशील मंच बेल्जियमको तेह्रौ अधिबेशनको पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो। नेपाल र बेल्जियमको राष्ट्रिय गीत र प्रगतिशील गीतका धुन बजाउदै, नेकपा माओबादिका केन्द्रिय सदस्य सुरेन्द्र भुषाल, नेताहरु उदय गौतम, चित्र सुबेदी, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, मंचका अध्यक्ष प्रकाश पौडेलले अधिबेशनको उद्घाटन गर्नु भएको थियो।
बेल्जियमका नेपाली राजदुत सेवा लम्साल लगायत, एनआरएन पदाधिकारीहरुका साथै बेल्जियमका बिभिन्न बैचारिक सामाजिक र जातीय क्षेत्रीय संघ संस्थाका प्रतिनिधिहरुले मंचको अधिबेशनको सफलताको शुभकामना दिदै नयाँ आउने कार्यसमिति संग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
नेपाली जन प्रगतिशील मंच स्पेनका पूर्व अध्यक्ष अर्जुन आचार्य, युरोप संगठन बिभाग प्रमुख गङ्गा भुषाल, नेपाली जन प्रगतिशील मंच युरोपका महासचिब धर्म खतिवडा, जर्मनीका पुर्ब अध्यक्ष बिनोद श्रेष्ठ,फ्रान्सका महासचिब हरि सापकोटा लगायतले नेपाली जनप्रगतिशिल मंच बेल्जियमको अधिबेशनको सफलताको शुभकामना दिनु भएको थियो।
अधिबेशनको बन्द सत्रले आर्थिक सांगठनिक प्रतिबेदन पारित गर्नुका साथै आगामी कार्ययोजना बारे छालाग्फल गरेको थियो।
मंचका अध्यक्ष प्रकाश पौडेलको शभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब कल्पना मगर र स्वागत उपाध्यक्ष निर्मला बज्गाइले ले गर्नु भएको थियो।