नेपाललाई सहयोग गरिरहेका जर्मन दात्रि संस्थाहरुको बार्षिक समिक्षा बैठक सम्पन्न, नवनियुक्त नेपाली राजदुत डा. रुपाखेतीलाई स्वागत तथा सम्मान,

0

नेपालको बिकासमा साझेदारी गर्दै आएका जर्मनीका दात्रि संस्थाहरुको बार्षिक बैठक सम्पन्न भएकोछ। १० मे शनिबार बर्लिनमा भएको बैठकले नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरिएको सहयोगको समिक्षा गर्नुका साथै आगामी दिनका लागि कार्ययोजना र सुझाब प्रस्तुत गरेकोछ।

सोहि अवसरमा जर्मनीका लागि नवनियुक्त नेपाली राजदुत डा. शैल रुपाखेतीलाई स्वागत तथा सम्मान गरिएकोछ । जर्मन नेपाली मैत्री संघका अध्यक्ष राम प्रताप थापाले राजदुत रुपाखेतीलाई सम्मान गर्नु भएको थियो।

कार्यक्रममा बिशेष गरि नेपालको शिक्षा क्षेत्रमा भएको लगानीबाट उत्पादन हुने जनशक्ति विदेश पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गरिएको थियो।

रोजगार मुलक शिक्षा, बिकट क्षेत्रमा स्वास्थ्य सेवा, पर्यटन मैत्री स्थानीय निकाय, लगायत नेपालका आबस्यकताका बारेमा सहभागीहरुले सुझाब दिएका थिए भने नेपाल सरकारको तर्फबाट राजदुत रुपाखेतीले सहयोग र समन्वयको बिश्वास दिलाउनुभएको थियो ।

उहाले स्वच्छ भावना लिएर नेपालको बिकासमा सहयोग गर्न आउने संस्थाहरुलाई नेपाल सरकारले सदैब स्वागत गर्ने गरेकोछ तर आफ्ना बिशेष एजेन्डा बोकेर गएकाहरुले नेपाली समाजको बिभाजन गर्न सक्ने भएर नियन्त्रण आबस्यक रहेको बताउनुभयो।

अल्का खनाल र इरिस कोबेकले सहजीकरण गरेको कार्यक्रममा नेपालका लागि जर्मनीका पूर्व राजदुत द्वय फ्रान्क माइके र रुदल्फ़ सेफर, नेपाली दुतावास जर्मनीका उप नियोग प्रमुख सागर फुयाल, नेपाल मेडका डा. पुष्पराज जोशी, नेपाल हिल्फेका राइनर स्ट्राउस, पत्ताका डा. कात्रिन एगर, नेपाल एडका फ्लेमिंग, फ्रेन डु नेपालका सोनिया शेर्पा,नेदेनका तोर्स्तीं फ्रानके र बर्लिन समाजका प्रमिता रेइच लगायत बिभिन्न दात्रि संस्थाका प्रतिनिधिहरुको आफ्ना संस्थाका गतिबिधिबारे जानकारी गराउनुभएको थियो ।

जर्मन दात्रि संस्थाको नेपाल प्रतिनिधि भएर २५ बर्ष काम गर्नुभएका कमल रुपाखेतीले बिशेष टिप्पणी गर्नुभएको थियो । कार्यक्रमका बिशेष अतिथि रहेका रुपाखेतीले जर्मनीका दात्री संस्थाले नेपालको विकासमा बिशेष योगदान गरेका छन् भन्दै उनीहरु संग काम गर्दाका आफ्ना अनुभब सुनाउनुभयो।

जर्मन नेपाल फ्रेन्डशिप एसोसियसनका अध्यक्ष रामप्रताप थापाले दुई दशक अघिबाट सुरु भएको नेपाली दात्रि संस्थाहरुको बैठकले अनुभब आदान प्रदान गर्ने र सामुहिक रुपमा नेपालमा सेवा गर्न सहज भएकोछ भन्दै सहभागी सबैलाई धन्यबाद दिनुभयो।

नेपालमा परोपकारी काम गर्ने संस्थाहरुको बैठक गरेर जर्मन नेपाल मैत्री संघले प्रत्येक बर्ष नेपालमा उनीहरुले गरेका सामाजिक र परोपकारी कामको समिक्षा गर्ने गरेकोछ।

जर्मन नेपाल मैत्री संघको बार्षिक समारोह र ३६ औ “नेपाल दिवस” यो बर्ष आगामी २८ जुनमा बोन सहरमा हुने भएको जानकारी पनि सो अवसरमा दिईएको थियो।

 

Leave A Reply

Your email address will not be published.