बेल्जियममा आयोजना भएको ३५ बर्ष माथिका खेलाडीहरुको फूटबल टुर्नामेन्ट प्लम्स्टीड युकेले जितेकोछ। गत सोमबार अन्तवेरपेनको रुखभेल्डमा भएको खेलमा युरोपका बिभिन्न देशबाट ९ वटा टिमले भाग लिएका थिए ।
सो खेलमा एफसी सी१९ बेल्जियम रनरअप भएकोछ। 7A सेभेन ए साइड खेलिएको खेलमा एनआरएनए नर्बेले उत्कृष्ट टिम,जस पुन युके उकृष्ट खेलाडी, राजिब शाही + ४० उत्कृष्ट खेलाडि, उत्कृष्ट डिफेन्डर प्रताप गुरुङ युके,धेरै गोल गर्ने खेलाडी रिदेश गुरुङ र आशिष गुरुङले उत्कृष्ट गोलकिपरको उपाधि जितेर पुरस्कृत भएकाछन्।
बिजेताहरुलाई नगद पुरुस्कार, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। पहिलो हुने टिमले दुई हजार पाच सय, द्वितीयलाई एक हजार पाच सय र उत्कृष्ट टिम र खेलाडीलाई पनि सोहि अनुसार पुरुस्कार प्रदान गरिएको थियो।
बेनेलक्सका लागि नेपालीराजदुत सेवा लम्सालले पहिलो म्याचका खेलाडीहरुलाई फूटबल दिएर सुरु भएको खेलमा नेपाली राष्ट्रिय गित बजाएर अतिथि दर्शक र खेलाडीहरुले नेपाल प्रति समान व्यक्त गरेका थिए।
राजदुत लम्साल सबै खेलाडीहरु शुभकामना दिदै अनुसाशित भएर उत्कृष्ट खेल प्रदर्शन गरेर दर्शको मन जित्न सुझाब दिनु भएको थियो।
मिन क्षेत्रीले सहजीकरण गरेको कार्यक्रममा ज्ञानु थापा, नबिन नेपाल, लगायत बेल्जिक रेफ्रीहरुले खेलका नियमहरु खेलाडीहरुलाई जानकारी गराउनु भएको थियो।
दुर्ने सहरमा बस्ने नेपाली युबाहरु कृष पुन,, शिब सिग्देल, दिपक थापा, कृष्ण थापा लगायतले ब्यबस्थापन गरेको फूटबल टुर्नामेन्ट प्रत्येक बर्ष हुनेछ।
दिनभरि चलेको खेलमा दर्शकहरुले खेलाडीहरुलाई तालि बजाउदै हौशला प्रदान गरेका थिए।
बेल्जियम बाहिरबाट आएका खेलाडीहरुले एनएफसी दुर्नेले खेलाडीहरुलाई बस्ने खाने आदि बिषयमा राम्रो प्रबन्ध गरेको र बेल्जियमबासि नेपालीहरुले स्वागत सत्कार र हौशला दिएर निरन्तर खेल्न प्रोतसाहन गरेको मा धन्यबाद व्यक्त गरेकाछन। यस खाले प्रतियोगिताहरुले खेलको बिकास र नेपाली समुदायको आत्मियता बधाउन मद्दत गर्ने उनीहरुले बताएकाछन्।