युरोपभरिका ३५ बर्ष माथिका फूटबल खेलाडीको बेल्जियममा भिडन्त, रुखभेल्द दूर्नेमा आएर खेल हेरिदिन एनएफसी दूर्नेको अनुरोध

0

एनएफसी दूर्ने बेल्जियमको आयोजनामा आउने सोमबार ७ अप्रिलमा सेभेन ए साइड फूटबल टुर्नामेन्ट हुने भएकोछ। बेल्जियम लगायत युरोपका बिभिन्न देशका ३५ बर्ष माथिका खेलाडिहरु सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमले २५०० युरो र द्वीतीय हुने टिमले १५०० युरो पुरुस्कार प्राप्त गर्नेछन।

प्रतियोगिता आयोजक दिपक थापा मगरका अनुसार प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता खेलाडीलाई पुरुस्कार प्रदान गरिनेछ।

आयोजक शिब सिग्देलले बताए अनुसार प्लम्स्टेड वेटरन एफसी बेलायत, एनआरएनए लग्जेम्बर्। एनआरएनए नर्बे, पियनवाई एफसी फ्रान्सका दुइ टीम, झापा एफसी पोर्तुगल र बेल्जियमवाट एनएफसी दूर्नेका दुइ टिम, इएन्सा बेल्जियम, सी१९ एफसी बेल्जियम गरि १० टीमले उक्त टुर्नामेन्टमा खेल्नेछन।

बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले बिहान दश बजे उद्घाटन गर्ने उक्त फुटबल टुर्नामेन्ट दिनभर हुनेछ। सोहिदिन बिजेता र खेलाडीहरुलाई पुरुस्कार सहित सम्मान गरिनेछ।

एनएफसी दुर्नेका कृश पुनले बेल्जियमबासि नेपाली समुदायलाई रुखभेल्द खेल मैदानमा उपस्थित भएर खेलाडीहरुलाई हौशला बढाईदिन अनुरोध गरेकाछन।

Leave A Reply

Your email address will not be published.