नेपाली व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्दै नेपाली ब्यबसायी संघ बेल्जियम “

0

बेल्जियममा व्यवसाय सञ्चालन गर्न चाहने नेपाली व्यवसायीहरूका लागि नेपाली व्यवसायी संघ बेल्जियमले सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्ने भएकोछ ।

युरोपका विभिन्न देशहरूबाट आएर बेल्जियममा बसोबास र ब्यवसाय गर्ने नेपालीहरूलाई नयाँ ब्यवसाय संचालन गर्न सहज होस, कानुनी जानकारीको अभावका कारण उनीहरूले विभिन्न चुनौतीहरूको सामना गर्नु नपरोस भनेर यो तालिम संचालन गर्न लागिएको संघका उपाध्यक्ष एबम तालिम कार्यक्रमका संयोजक कासी दनैले बताउनु भएकोछ । बेल्जियमको नयाॅ गठबन्धन  सरकारद्वारा  कर सम्बन्धी नियमहरूमा परिवर्तन गरिएकोले आगामी दिनमा व्यवसाय क्षेत्रमा थप चुनौतीहरू सिर्जना गर्ने सम्भावना छ, यी सबै विषयलाई मध्यनजर गर्दै, नेपाली व्यवसायी संघ बेल्जियमले सामाजिक सुरक्षा तथा बीमा तालिम कार्यक्रम आयोजना गर्न लागेको दनैको भनाई छ ।

बेल्जियममा नेपाली व्यवसायीहरूको संख्या दिनानुदिन बढ्दै गएकोछ ।

तालिमको  मुख्य उद्देश्य नेपाली व्यवसायीहरूलाई नयाँ कर प्रणाली, श्रम कानुन, तथा व्यवसाय सञ्चालनका नियमहरूबारे जानकारी गराउने भएको नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवासले बताउनु भएकोछ ।

तालिम मार्च १०, २०२५, होटल क्राउन प्लाजा, एंट्वर्पेन मा दिउसो १२ बजे बाट सुरु हुने छ ।

कानुनी जानकारीको अभावले जरिवाना तथा अन्य कानुनी समस्याहरू भोगेका ब्यबसायिहरुलाई कसरी राहत दिन सकिन्छ भनेर EASY PAY को juriste Katty Kerkhofs & Roel Baeyens र P&V को तर्फबाट senior manager Cindy Pundar ले प्रशिक्षण दिने कार्यक्रम रहेकोछ ।

कार्यक्रम को अन्तिममा 45 मीनेटको प्रश्नोत्तर सेसन हुनेछ जसमा ब्यबसायिहरुले आफुले भोगेका व्याबहारिक कठिनाईका बारेमा सोध्न सक्नेछन ।

नेपाली ब्यबसायी संघ बेल्जियमका अनुसार तालिममा समेटिने  बिषय र नियम निम्न बमोजिम छन ।  

1. रोजगारी सम्झौताका प्रकारहरू – विभिन्न रोजगार सम्झौताहरूको जानकारी, जस्तै: विद्यार्थी सम्झौता (Student Contracts), फ्लेक्सी-जब सम्झौता (Flexi-job Contracts), तथा अतिरिक्त सम्झौता (Extra Contracts)।

2. रोजगारी नियमका मुख्य बुँदाहरू – कर्मचारी र रोजगारदाताका अधिकार तथा कर्तव्यहरू, GDPR नियमहरू।

3. तलब संरचना तथा लाभहरू – तलब, बोनस, यातायात भत्ता, तथा अन्य कर्मचारी सुविधाहरू।

4. RSZ कर कटौती – नयाँ व्यवसायीहरूले सरकारबाट प्राप्त गर्न सक्ने कर छुट तथा यसबारे जानकारी।

5. रोजगारी सम्झौताको अन्त्य प्रक्रिया – C4 तथा फारम A131 जस्ता कानुनी प्रक्रिया।

6. नयाँ अनिवार्य अग्रिम भुक्तानी नियमहरू – RSZ, सामाजिक योगदान, र आगामी वर्षदेखि VAT सम्बन्धी परिमार्जित नियमहरूबारे जानकारी।

7. डिजिटल बुककिपिङ प्रणाली (Peppol) को अनिवार्यता – १ जनवरी २०२६ देखि बेल्जियमका सबै B2B ले Peppol BIS ढाँचामा बिलिङ गर्नुपर्ने सम्बन्धी जानकारी।

8. व्यवसायबाट प्राप्त गर्न सकिने विशेष सुविधा (Voordelen in Arts) को बारेमा जानकारी – निजी रूपमा प्रयोग गरिने कम्पनी कार, मोबाइल फोन तथा अन्य कम्पनी सुविधाहरूको जानकारी।

9. श्रमिक, कर्मचारी, र फ्लेक्सी-जबको लागि तलब लागतको विस्तृत जानकारी।

10. विभिन्न श्रेणीमा कार्यरत कामदारहरूको तलब खर्च तथा अन्य खर्चको हिसाब सहितको जानकारी

11. कम्पनीबाट बीमा गर्दा कर कटौतीको सम्भावना सम्बन्धी जानकारी।

तालिमपछि ३०-४५ मिनेटको प्रश्नोत्तर सत्र हुनेछ, जहाँ सहभागीहरूले आफ्ना जिज्ञासाहरू राख्न सक्नेछन्। दर्ता सम्बन्धी जानकारी सीमित सिट उपलब्ध भएकाले अग्रिम दर्ता अनिवार्य छ।

दर्ता नगरिएका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन अनुमति दिइने छैन, किनभने हामीले कार्यक्रमभन्दा २ दिनअघि होटललाई सहभागीहरूको संख्या बुझाउनु आवश्यक छ। तपाईंको स्थान सुरक्षित गर्न दर्ता गर्नुहोस्: https://forms.gle/s7RXaTRAHT4eAKa26 यस अवसरलाई नछुटाउनुहोस् र आफ्ना व्यवसायलाई नवीनतम कानुनी नियमहरू अनुरूप सञ्चालन गर्न आवश्यक ज्ञान प्राप्त गर्नुहोस्!

Leave A Reply

Your email address will not be published.