अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचारका लागि आर्थिक सहयोग गर्ने,

0

अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचार सहयोगार्थ आर्थिक संकलन गर्ने भएकोछ ।
पर्बत जिल्ला जलजला गा.पा. 8 नाग्लिबाङ्ग फर्से निबासी रत्न केसीका छोरा हर्स्टभिल(Hurstville) अष्ट्रेलियामा बस्ने अशेष केसीलाई Acute Lymphoblastic Leukemia (ALL) नामक गम्भीर प्राणघातक रोग Blood Cancer भएको र उपचार अती महँगो भएकोले उपचार समस्या भएकोले अन्तरराष्ट्रिय पर्बत समाजजे सहयोग अभियान चलाऊने भएकोछ ।

बिगत पांच महिना देखि उक्त रोगको उपचार् गराईरहेका केसीको बोन म्यारो ट्रान्सप्लान्ट गरेमा ठीक हुने उपचारमा संलग्न डाक्टरले सल्लाह दिएको र  करिब दुइ करोड पचास लाख नेपाली रुपया उपचारमा खर्च गर्नु पर्नेछ । सो खर्चको ब्यबस्था पारिवारिक श्रोत साधनबाट सम्भब नरहेकोले उहाको जीबन रक्षाको लागि बिभिन्न संघ सस्थां र सहयोगीहरु प्रति पिडित परिवारको आशा रहेको हुदाँ अन्तर्राष्ट्रिय पर्बत समाजले आफ्नो संजाल प्रयोग गरि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको सस्थांका अध्यक्ष गुणराज शर्माले जानकारी दिनुभयो।

केसीको जीबन रक्षाको लागि प्रबास साथै नेपालबाट पनि सहयोग संकलन अभियान शुरु गरिएकोमा सम्पूर्ण अभियानकर्ता साथै सहयोगी प्रति सस्थांको तर्फबाट हुन सक्ने सहयोग र समन्वयको लागि सस्थांका प्रबुद्द व्यक्तित्वहरु (झलक केसि (प्रमुख संरक्षक) ,पुरन गिरी (सस्थापक अध्यक्ष) ,गुणराज शर्मा (अध्यक्ष) ,सुभाष जोशी (संरक्षक), कृष्ण तिवारी (संरक्षक) ,खडक केसि (सल्लाहकार) ,रोशन जोशी (भिम) (सल्लाहकार) ) सम्मिलित सहयोग समन्वय कार्यदल गठन गरेको छ।

अशेष केसीको उपचार्थ संकलन हुने सहयोग ब्यबस्थापन साथै NRNA ,प्रबासमा रहेका पर्वते साथै सम्पूर्ण नेपाली एबम बिदेसी सहयोगीजन समक्ष आर्थिक सहयोगको लागि अपिल गर्नेछ। यस कार्यदलको बैठक सहजीकरण साथै रेकर्ड राख्ने कार्य सस्थांका महासचिव प्रकाश पौडेल र सचिव कमल लामिछानेले गर्नेछन।
अन्तर्राष्ट्रिय पर्बत समाजले आफ्नो संजालमा रहेका सम्पूर्ण सहयोगीहरुमा आर्थिक सहयोगका लागि अपिल गर्दै जति सक्दो छिटो र धेरै आर्थिक सहयोग संकलन गर्नको लागि अशेष केसी सहयोग संकलन अभियान सुरु गर्ने निर्णय भएको सस्थांका महासचिव प्रकाश पौडेलले जानाकारी गराउनु भयो। सस्थांका मध्ये पूर्व संयोजक राम हरि शर्माको संयोजकत्वमा सस्थांका पधाधिकारी एबं सदस्य साथै सम्पूर्ण सदस्य सस्थांका अध्यक्ष सम्मिलित सहयोग संकलन समिति निर्माण गरेको छ

। प्रबासमा रहेका पर्बतेका सुख दुखमा साथ् सहयोगका लागि गठित यस अन्तर्राष्ट्रिय पर्बत समाजले सानो उमेरमा प्राणघातक रोग Blood Cancer पिडित अशेष केसीको उपचार्थ आर्थिक सहयोग संकलन गर्ने निर्णय भयो।अन्तर्राष्ट्रिय पर्बत समाज परिवार साथै सदस्य सस्थां संग समन्वय गरि जति सक्दो छिटो आर्थिक संकलन गरि पिडितको उपचारमा टेवा पुग्ने विश्वास सस्थांले लिएको छ।

उच्च शिक्षा आर्जन गरि आफु, परिवार र समाजको लागि केहि गर्ने उमेरमा प्राण घातक रोगबाट ग्रषित भई उपचार गरि रहनुभएका अशेष केसीको अन्तर्राष्ट्रिय पर्बत समाज परिवारले शीघ स्वास्थ्य लाभको कामना गरेकोछ ।

Leave A Reply

Your email address will not be published.