रवि र छवि दुबैलाई म्याद थपको लागि अदालत लगियो

0

पोखरा \ सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र  पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।  कास्कीका एसपी श्यामबावु ओलियोले उनीहरूउपर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।

उनले आफू गोरखा मिडियामा संलग्न भएको तर सहकारीको ऋणी भएर कहीँ पनि ऋण नलिएको दाबी गरेका छन् । संसद्ले गठन गरेको सहकारी छानबिन समितिले पनि सहकारीको रकम गलत रूपमा मिडियामा ल्याउने कार्य भएको र उक्त रकम ल्याउनेमा लामिछानेको भूमिका नदेखिए पनि हिनामिना गर्ने कार्यमा देखिएको भनी कारबाहीको सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.