एन्तवेरपेन शहरका उपमेयर करीमसँग नेपाली समुदायको अन्तर्कृया,

0

नेपाली समुदाय र एन्तवेरपेन शहरका उपमेयर (स्केपेन) करीम बाकर बिच अन्तर्कृया सम्पन्न भएकोछ । एन्तवेरपेन स्तादमा यहाँका बासिन्दालाई इन्ट्रिगेसन मार्फत समान अबसर प्रदान गरि एकिक्रित र एकताबद्ध समाज निर्माण गर्ने बिभागका प्रमुख रहेका उपमेयरसँग नेपाली समुदायले सामुदायिक भवन, बालबालिका लागी नेपाली भाषा कक्षा संचालन, साना ब्यवसाय र नगरपालिका सँग नेपाली समुदायको सम्बन्धको बर्तमान अवस्थाका बारेमा छलफल गरेका हुन ।

नेपालीहरुको बेल्जियम आगमन, पहिलो विश्व युद्दमा बेल्जियमको इपरमा सहादत प्राप्त नेपाली नागरिक हुँदै अहिले बेल्जियममा हुर्कदै गरेको नेपाली दोश्रो पुस्ताले गर्न सक्ने योगदानका बारेमा बिस्त्रित जानकारी गराईएको थियो ।

पावर पोईण्ट प्रिजेन्टेसन मार्फत नेपाली कला संस्क्रिति,संस्कार,चाडबाड लगायत बेल्जियममा बस्दै गर्दा नेपालीहरुले ब्यहोर्ने व्याबहारिक कठिनाईका बारेमा समुदायको तर्फबाट एनआरएनए बेल्जियमका उपाध्यक्ष कासी दनैले विवरण प्रस्तुत गर्नु भएको थियो ।

बेल्जियम बसाई सराई पछि यहाँको नेपाली समुदायले भोगेका समस्या र पाएका सफलताका बारेमा उपस्थित नेपालीहरुले उपमेयर करीमलाई अबगत गराएका थिए ।

कार्यक्रममा एनआरएनए आइसिसी सदस्य मदन दवाडी, पुर्ब अध्यक्ष प्रेम गुरुङ, मिन क्षेत्री , दूर्गा गुरुङ, लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रमको संयोजन बालेन्द्र गुरुङ , सुबाश जोशी, पत्रकार ओम शर्मा र उपमेयरकी सल्लाहकार मिसेल द बारेन; आस्मा करीमले गर्नु भएको थियो ।

नेपाली समुदायका अग्रज ब्यक्तिहरु उपस्थित अन्तर्कृयामा भएको छलफलले स्थानीय सरकारसँग नेपाली समुदायको आधिकारिक सम्बन्ध बिस्तार गर्न मद्दत पुग्ने विश्वाश गरिएकोछ ।
नेपाली समुदायको सकृयता र मिहिनेतले यो नगरलाई सम्ब्रिद्ध बनाएको छ भन्दै उपमेयर करिमले १७० भन्दा धेरै देशका मानिस बसोबास गर्ने एन्तवेरपेनले प्रजातन्त्र, मानबअधिकार, स्वतन्त्रता र समानताका आधारमा सबै कम्युनिटीलाई उत्तम व्यबहार गर्ने गरेकोछ भन्नु भयो ।

नेपाली समुदायले समुदायका लागि आबस्यक परीयोजनाको कुनै पनि प्रस्ताब नगरपालिकामा अहिले सम्म प्रस्तुत नगरेकोले नेपाली समुदायको समस्याको आधिकारिक जानकारी आफुहरुलाई नभएको बताउदै यथासक्य छिट्टो आफ्ना मागको प्रस्ताब् पेश गर्न अनुरोध गर्नु भयो । उहाले नेपाली कम्युनिटी हाउस निर्माणमा सहजिकरण गर्ने, नेपाली भाषा,कला संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक पर्ब मनाउन भएका आयोजनालाई सहयोग गर्न नगरपालिका सधैं तत्पर रहने बताउनु भयो ।

उपमेयर करीमले आगामी स्थानीय निर्वाचनमा जसलाई भोट् दिए पनि आफ्नो अधिकार पाउनका लागि आगामी स्थानीय सरकार सँग सहकार्य गरेर सामाजिक गतिबिधी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा नेपाली समुदायको तर्फबाट सानी नानी संस्क्रिती जोशीले बुद्धको प्रतिमा उपहार दिएर सम्मान गरेकी थिईन ।

Leave A Reply

Your email address will not be published.