एन्तवेरपेनमा दूर्गापूजा र सामुहिक दशै उत्सब हुने,

0

बेल्जियमको एन्तवेरपेनबासी नेपालीहरुले अक्टोबर ११ मा दूर्गापूजा सहित दशै उत्सब गर्ने भएका छन । हिन्दु धर्माबलम्बिहरुले मनाउने बिशेष चाड बडादशैको अबसरमा एन्टवेरपेनमा नबदुर्गाको पूजा सहित दशै मनाउन लागिएको हो ।

दशैको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु भएको नबदुर्गा पूजा नवमीको दिन सम्पन्न हुनेछ । पन्डित लीलाधर पौडेलबाट घटस्थापनाका दिन देखि दैनिक रुपमा जमरा र नबदुर्गाको पूजा र चन्डी पाठ भैरहेकोमा नवमीको दिन नवदुर्गा पूजा, होम गरे पछि प्रशाद बितरण गरिनेछ ।

नवदुर्गा पूजा सम्पन्न भए पछि पन्डित पौडेलले दशैको दिन जमरा र टिका प्रदान गर्नु हुनेछ ।

दशैको दिन घर घरमा टिका हुने भएकोले नवमीको दिन सामुहिक दशै मनाउन लागिएको आयोजक मध्यका एक चित्र सुबेदीले जानकारी गराउनु भएकोछ ।

आश्विन शुक्लपक्षको प्रतिपदा अर्थात् घटस्थापनाबाट सुरु भई दशमीको दिन समाप्त हुने बडा दसैंमा घटस्थापनाको दिन देखि नवमीको दिन सम्मलाई नवरात्र अर्थात् नौरथाको रुपमा मनाईन्छ ।

दुर्गा भवानीले महिसासुर लगायतका दानवहरुको बध गरेको धार्मिक कथा अनुसार नवरात्रमा देवी दुर्गाका नौ रुपको व्याख्या तथा पुजा उपसनाको महत्व र महिमाको चर्चा गरिन्छ । बेल्जियममा पनि हिन्दुधार्मवलम्बिहरुले नवदुर्गाको पूजा र घर घरमा दशै मनाउने गरेकाछन ।

एन्तवेरपेनको केर्क स्त्रात मा हुने दशै उत्सबमा नवदुर्गाको पूजा सम्पन्न भए पछि दिनभरी भजन किर्तन, नाचगान सगै नेपाली स्वादका बिविध परिकारहरु तयार बनाई दशैको झल्को मेटाउने गरी खसीको मासु,पुलाउ,सेलरोटी, तथा अचारको व्यवस्था गरेर दशै भोज कार्यक्रम रहेकोछ ।

स्वत:स्फुर्त रुपमा आयोजना गरिएको कार्यक्रम भएकोले एन्टवेरपेनबासी नेपाली समुदायलाई कुनै औपचारिकता बिना पर्बको रमाइलोमा सहभागि हुन आयोजकहरुले अनुरोध गरेकाछन ।

Leave A Reply

Your email address will not be published.