प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

0

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउतकाे नाम अनुमोदन गरेको हो ।

राउतविरुद्ध समितिमा ६ वटा उजुरी परेका थिए । उहाँविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी थिए । राउतले सुनुवाइका क्रममा सबै आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले सुनुवाइ समितिसमक्ष न्यायालय सुधारका योजनासहित २४ वटा बुँदामा कार्ययोजना पेश गर्नुभएको छ । कार्ययोजनामा राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताउनुभएको छ ।

राउतले सर्वोच्च अदालतमा बिचौलियाले अवाञ्छित गतिविधि गर्ने गरेको र त्यसलाई नियन्त्रण गर्न कानूनको खाँचो रहेको भन्दै बिचौलिया नियन्त्रणका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.