कुलेखानी ड्याममा पानी भरिएपछी खोलियो दुइवटा ढोका

0

हेटौंडा \ मकवानपुरको कुलेखानी ड्याममा पानी भरीएपछी दुइ वटा ढोका आज बिहान खोलीएको छ । सबैतिरबाट पानी पनि आइरहने र थप भरिन थालेकाले ड्यामको सुरक्षालाई समेत ध्यानमा राखेर ड्यामको ढोका खोलीएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

कुलेखानी ड्यामको ढोका अहिलेलाई एक फिट मात्र खोलीएको र पछी पानी थप भएपछी क्रमश धेरै खोल्दै जाने उनले बताए । ३१ वर्ष पछि जलाशयमा क्षमता अनुसार पानी भरिएपछि  शनिबार बिहान ५ बजेदेखि ड्यामको दक्षिण तर्फ रहेको २ वटा ढोका खोलिएको छ । अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएको थियो ।

अविरल वर्षाको कारण कुलेखानी ड्याम भरिएर साइरनसहित ओभरफ्लो भएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलाशयको भण्डारण क्षमता समुन्द्री सहतदेखि एक हजार पाँच सय ३० मिटर रहेको छ । निरन्तरको वर्षाले क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानीका ढोका खोलीएको हो ।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए। जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाईएको छ ।

Leave A Reply

Your email address will not be published.