काठमाण्डौ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको ज्यान गयो

0

वर्षाजन्य विपद्मा परी काठमाण्डौ उपत्यकमा २१ जनाको ज्यान गएको छ । अहिलेसम्म काठमाण्डौमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको ज्यान गएको हो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन भने नौ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका सात सय २८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाण्डौमा चार घर भत्किएका छन भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाण्डौमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाण्डौमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.