एन्फा महिला लिगको खेलतालिका परिवर्तन

0

एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे ३ बजे शुरु हुने भएको छ ।

एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको समय परिवर्तन गरिएको जनाएको छ । दुई खेल भएको दिन पहिलो खेल यसअघि जस्तै दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे शुरु हुने बताइएको छ । एक खेल मात्र भएको दिन दिउँसो १ बजे वा ३ बजे शुरु हुने गरेको छ ।

एन्फाका अनुसार आज देखि लागू हुने गरि केही खेलका समय परिवर्तन गरिएको छ । १० टोली सहभागी लिगमा हिजो तेस्रो राउन्डका खेल सकिदा कोशी प्रदेश अपराजित रुपमा ९ सहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश अङ्क बिहिन लिगको पुछारमा छ ।

Leave A Reply

Your email address will not be published.