राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश

0

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आज परिषद्का आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण गरिएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.