एनएसजेएफ स्पाेर्ट्स अवार्ड : ४ वटा विधाकाे मनाेनयनमा क्रिकेटका ५ जना

0

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार वटा विधाका मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले आज काठमाण्डाैमा पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार वटा विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । अवार्डका लागि क्रिकेटबाट सबैभन्दा धेरै पाँच जना परेका छन् ।

अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ कराँतेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परे ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयन सार्वजनिक गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, भाराेत्ताेलनका हेमन्तपाल, फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा पारा तेक्वान्दाेका कविराज नेगी लामा, कराँतेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भाराेत्ताेलनका सञ्जय मर्हजन मनोनयनमा परेका छन् ।

अवार्ड आउँदाे भदाै २८ गते कमलदीमा रहेकाे नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एशियाली खेलकुद पत्रकार महासङ्घ (एआईपीएस, एशिया) को कंग्रेस पनि आयोजना गर्दैछ ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.