नेपाली मिलन केन्द्र एन्तवेरपेनको तीज, बिदेशमा रमाएका नेपाली चेली,

0

बेल्जियमको एन्टवेरपेन शहरमा नेपाली महिलाहरुको चाँड तीज उल्लास पूर्वक मनाइएकोछ । नेपाली मिलन केन्द्र एन्तवेरपेनको आयोजनामा भएको तीजमा दिदीबहिनीहरुले सामुहिक दर खाने र नाचगान गरेर तीज मनाएका हुन ।

५ सय बढी नेपालीहरुको सहभागिता रहेको कार्यक्रम हलमा नेपाली पोशाक र गरगहनामा सजिएका महिलाहरुले प्रवासमा पनि तीजको परम्परागत पहिचान प्रस्तुत गरेका थिए । बेल्जियममा जन्मे हुर्केका नानीहरु देखि अग्रज महिलाहरुको तीज पर्ब प्रतिको आकर्षणले यसको दीर्घकालिन अस्तित्व रहने देखिएकोछ ।

महिला स्वाभिमान र आत्मबिश्वास बढाउन उर्जा प्रदान गर्ने यस पर्बको महत्व देशबिदेशमा बढ्दै गैरहेको अबस्थामा बेल्जियमका बिभिन्न शहरका नेपाली संघ संस्थाहरुले प्रत्यैक बर्ष सामुहिक रुपमा यो पर्ब मनाउने गरेकाछन ।

नेपाली मिलनकेन्द्रले आयोजना गरेको कार्यक्रमको पहिलो चरणमा भएको औपचारिक कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी,एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, लगायतले तीजको शुभकामना दिनु भएको थियो ।

संस्थाकी कोषाध्यक्ष बिमला अधिकारीले आर्थिक सहयोग गर्ने संघ संस्था र ब्यक्तिहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले सहयोग संकलन र खर्चको बिस्त्रित विवरण छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिनु भयो ।

कार्यक्रमको अन्त्यमा खोलिएको भाग्यशाली चिट्ठामा बिजेताहरुलाई सुनको तिलहरी, सुनको चन्द्रमा, सल र साडी पुरुस्कार प्रदान गरिएको थियो ।
नेपाली मिलन केन्द्रकी अध्यक्ष एबम कार्यक्रमकी सभापति कान्ती तिमील्सिना अधिकारीले कार्यक्रमका स्पोन्सर,चन्दादाता, स्वयमसेबक, तीज मनाउन उपस्थित दिदीबहिनीहरु र प्रमुख अतिथि एबम अतिथिहरुलाई धन्यबाद सहित कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

सोही अबसरमा अमेरिकामा केही दिन अघि हत्या गरिएकी ममता काफ्ले र मुना पाण्डेको सम्झनामा मौन धारण गर्दै श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रमको सन्चालन संस्थाकी महासचिब कबिता दाहालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.