एनआरएनए लग्जेम्बर्गले मनायो तीज

0
  • गैर आवासीय नेपाली संघ, लक्जेम्बर्गद्वारा आयोजित हरितालिका तीज २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली नारीहरुको पर्ब तीजमा दिदिबहिनीहरुलाई दर खुवाउने र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको हो ।
    कार्यक्रमको आरम्भमा कार्यक्रम संचालक महासचिव बालहरी राई र सहसचिव धुर्ब सापकोटाले तीज पर्वको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै उपस्थित सबैलाई स्वागत गर्नुभयो । तीजलाई नेपाली महिलाहरूको सशक्तीकरणको प्रतीकका रूपमा उल्लेख गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
    सोही दिन कुशेऔंशी परेको हुनाले विश्वभरि फैलेर बसेका बुवाहरूलाई र सम्पूर्ण नारीहरूलाई समर्पित र गरेर कार्यक्रम उद्घाटन गरिएको थियो।
    कार्यक्रममा उपस्थित लग्जेमबर्गको नेपाली समुदायका दाजुभाइ, दिदीबहिनी तथा अग्रज आमाबुवाहरु र विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उल्लासमय बनाएको आयोजकले बताएका छन ।
    संस्थाकी महिला संयोजक  कविता शर्मा अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।
  • एनआरएनए लक्जेम्बर्गका उपाध्यक्ष युद्धबहादुर थापाले संघको तर्फबाट शुभकामना मन्तव्य दिनुभयो। एनआरएनए लक्जेम्बर्गका सम्पूर्ण सल्लाहकारहरूको तर्फबाट  बालकृष्ण सापकोटाले शुभकामना मन्तव्य राख्नुभययो।
  • कार्यक्रममा नेपाल सरकार, लग्ज़मबर्ग सँग सम्बन्धित संघसंस्था, लोककल्याणकारी संस्था, बैचारिक संस्था, युथ क्लब लगायतका प्रतिनिधिहरू, गैर आवासीय नेपाली संघका संरक्षक,  जेष्ठ नागरिकहरू सबैले खुसी व्यक्त गर्नुभयो ।
  • उहाँहरुले कार्यक्रमको सफलतामा सबैलाई समेटेर काम गरिएकोमा प्रशंसा गर्दै, आयोजक टोलीलाई हौसला प्रदान गर्नुभयो।
  • जनसम्पर्क समितिका अध्यक्ष कुमार पौडेलले सबैजनालाई समेटेर नेपाली नारिहरुको चाड तीजको कार्यक्रम गरेकोमा हर्षित हुँदै एनआरएनए लक्जेम्बर्ग तथा कार्यक्रम सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
  • त्यसैगरी, नेपाली समुदाय लग्जेम्बर्गका जेष्ठ नागरिक चन्द्रबहादुर थापाले सबैजनालाई आशीर्वाद र शुभकामना दिँदै खुसी व्यक्त गर्नुभयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टी लक्जेम्बर्गका सभापति जितु थापा, लोक कल्याणकारी संस्थाका अध्यक्ष विजय कंडेलले सबै दिदिबहिनीहरुलाई तीजको शुभकामना व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।
  • यसैगरी एनआरएनए लग्जेम्बर्गका पूर्व अध्यक्ष, हालका संरक्षक हरिबहादुर खत्रीले नारी शक्ति, नारी देवी, हाम्रो परम्परा, र पहिचानको प्रतीक हो भन्दै शुभकामना व्यक्त गर्नुभयो।
  • सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुको तीज विशेष नृत्य र प्रस्तुतिले उपस्थित सबैलाई मोहित बनायो।
  • कार्यक्रममा सबैको सहयोग र सहभागिताले कार्यक्रमलाई अत्यन्त सफल बनाएकोमा आयोजक टोलीले पनि धन्यवाद व्यक्त गरे।
  • कार्यक्रमको समापनमा सभापति श्रीमती दुर्गा थापाले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहभागीलाई तीजको शुभकामना व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई आगामी वर्ष पुनः भेट्ने आशा व्यक्त गर्नुभयो।
  • समापनमा भएको नाचगान र शुभकामना आदनप्रदानले सबैलाई राष्ट्रप्रेम र एकताको सन्देश दिएको सहभागिहरुले बताएकाछन ।

Leave A Reply

Your email address will not be published.