वीरगन्जको कफ्यु २ घण्टा खुल्यो

0

वीरगन्ज, १८ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा आज बिहान ८ बजेर ३० मिनेटदेखि दिउँसो ११ बजेसम्म फुकुवा गरिएको छ । निषेधाज्ञाको समय फुकुवासँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको छ । स्थानीय प्रशासनले बिहान ११ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् नै राखेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो ।
नेपाल भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले सोमबार बिहान बल प्रयोग गरेर हटाएको विरोधमा भएको झडपमा गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको पटकपटकको झडप भएर वीरगन्ज तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासनले सोमबार अपराह्न ३ बजेदेखि अर्को आदेश नभएसम्मका निषेधाज्ञा आदेश जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.