कांगे्रस सरकारी वार्ता टोलीमा नबस्ने

0

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मधेसी मोर्चासँग वार्ता गर्न गठित सरकारी टोलीमा कांग्रेसलाई सहभागी हुन गरेका थिए । प्रधानमन्त्री ओलीको सो आग्रहलाई कोइरालाले अस्वीकार गरेका छन् ।
ओलीसँगको भेटमा कोइरालाले सरकार सञ्चालनका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समिति र सरकारी वार्ता टोलीले बोलाएको बैठकमा सहभागी हुन नसकिने जानकारी दिए ।
कांग्रेस सभापति कोइरालाले मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख दलका नेता सम्मिलित सर्वदलीय या संसदीय समिति बनाउन प्रस्ताव गरेको बताइएको छ । त्यस क्रममा सभापति कोइरालाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधनको विधेयकलाई अघि नबढाइएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टिसमेत जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.