मुलुकमा विगतको जस्तो हिंसा सम्भव छैन : प्रधानमन्त्री ओली

0

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताउनुभएको छ ।

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इट टु द फायर’ पुस्तकको विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले श्रीलङ्का वा बङ्गलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गर्दै नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको स्पष्ट गर्नुभएको हो ।

“नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ।बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन।हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ।लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन’’, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेलाई म राम्ररी सिक भन्न चाहन्छु। नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन।सम्भव हुन दिइँदैन ।’’

Leave A Reply

Your email address will not be published.