दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या

0

दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार एक सय ९८ व्यक्तिको हत्या भएको प्रहरीको आँकडाले देखाएको छ । त्यहाँ अपराध नियन्त्रण नै अहिलेको नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको छ ।

सुरक्षा मन्त्री सेन्जो म्याकचुनुले लागुऔषधको कारोबारलाई केन्द्रित गरी अभियान चलाएको बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकामा अप्रिलदेखि जूनको बीचमा नौ हजार तीन सय भन्दा धेरै बलात्कारका घटना दर्ता गरिएका छन् ।

मे महिनाको चुनावपछि अफ्रिकी नेसनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकार सामु अपराध नियन्त्रण र रोकथाम प्रमुख मुद्दा बनेको छ ।

Leave A Reply

Your email address will not be published.