पासापुच बेल्जियमको पाँचौ अधिबेशन सेप्टेम्बर ९ मा हुने,

0

नेवारी कला संस्क्रितिको जगेर्ना गर्ने, सामुहिक रुपमा चाडपर्ब मनाउने र त्यही माध्यमले बेल्जियममा बसोबास गर्ने नेवार समुदायलाई एकताबद्ध बनाएर सामाजिक र परोपकारी काम गर्दै आएको पासापुच बेल्जियमले यही सेप्टेम्बर ९ तारिक अधिबेशन गर्ने भएकोछ ।

सन २००३ मा स्थापना भए पछि यो संस्थाको पाचौ अधिबेशन हो ।

चिज कुमार श्रेष्ठको अध्यक्षतामा रहेको बर्तमान कार्यसमितिको कार्यकाल पुरा भएकोले संस्थाको नेत्रित्व र आगामी कार्ययोजना बनाउन अधिबेशनमा छलफल हुनेछ ।

संस्था बलियो बनाउन अहिले सम्म भएका गतिबिधि कस्ता रहे र आगामी दिनमा के कस्ता कार्ययोजना बनाउने बारेमा समुदायका अगुवा र सदस्यहरुको सुझाब संकलन गरिने पासापुचका अध्यक्ष श्रेष्ठले बताएका छन ।अधिबेशनमा बेल्जियमका कृयाशिल संस्थाहरुलाई  उपस्थितिका लागि पासापुच: बेल्जियम अनुरोध गरेकोछ ।

Leave A Reply

Your email address will not be published.