बस दुर्घटनामा बीसको मृत्यु

0

रसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा २० जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा तीस जनाभन्दा बढी घाइते भएका छन् । पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसेको प्रहरीले जनाएको छ । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।
घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । घाइते २० जनाभन्दा बढीलाई उपचारका लागि काठमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो । बसको छतबाट हाम फालेर ज्यान जोगाएका शिव आचार्यका अनुसार अघिल्तिरको टायर पड्केपछि बस भिरमा खसेको थियो । अहिले घटनास्थलमा नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

Leave A Reply

Your email address will not be published.