मधेस समस्या समाधान गर्न सरकार लचक : मन्त्री मण्डल

0

विराटनगर, १६ कात्तिक । बिनाविभागीयमन्त्री सत्यनारायण मण्डलले मधेसका असन्तुष्टिलाई समाधान गर्न सरकार लचक भएकाले मधेसकेन्द्रित दल पनि लचक हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जारी संविधानमा सीमाङ्कनबाहेक अन्य कुनै खास त्रुटि नरहेको र आवश्यकता देखिएमा संविधानमा संशोधन गर्ने प्रशस्त आधार रहेको प्रष्ट पार्नुभयो । उहाँले मौलिक हकअन्तर्गत समानुपानतिक समावेशी विषयमा दल तयार भइसकेको बताउँदै क्षेत्र निर्धारणका लागि जनसङ्ख्याका साथै भूगोललाई पनि आधार बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।
उहाँले मधेस आन्दोलनका कारण मधेसका साथै सिङ्गो मुलुक पीडादायी अवस्थामा रहेकाले समस्या समाधानका लागि प्रधानमन्त्री स्वयम् गम्भीर भएर दलसँग छलफल अगाडि बढाएको जानकारी गराउनुभयो ।
मन्त्री मण्डलले क्षेत्र नं २ विशुद्ध मिथिला प्रदेशका रुपमा स्पष्ट गर्दै हजारौँ वर्षदेखि मधेसी–पहाडबीचको सामाजिक सद्भावमा खलल पुग्न नदिन सबै सचेत रहनुपर्ने औँल्याउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “हामीहरु भारत विरोधी होइनौँ, दुवै देशको जनता–जनताबीच राम्रो सम्बन्ध छ ”

Leave A Reply

Your email address will not be published.