सभापति देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

0

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र माटो र माटोमुनि एउटा भाँडो भेटिएको थियो । तर, उक्त वस्तु विस्फोटक भए–नभएको बारेमा भने खुलेको छैन ।
आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।
Leave A Reply

Your email address will not be published.