लोकतन्त्र बलियो पार्न प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारी

0

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज(सोमबार) पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दै काँग्रेस सभापति सुशील कोइरालाले लोकतन्त्र र राष्ट्रिय एकतालाई बलियो बनाउन प्रधानमन्त्रीमा उम्मेद्वारी दिएको बताएका छन् । उनले आफु स्वभाविक लोकतान्त्रिक प्रतिष्पर्धामा उत्रिएको भन्दै मधेशमा आन्दोलनरत दलहरुसँग सहमतिको प्रयासका लागि पनि उम्मेद्वारी दिएको बताएका थिए ।
यस्तै, सभापति कोइरालाले आगामी फागुनमा हुने पार्टी महाधिवेशनको तयारीमा जुट्न केन्द्रिय सदस्यहरुलाई आग्रह गरेका थिए । बैठकमा बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेद्वारीलाई स्वभाविक भन्दै अहिलेको सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नसक्ने टिप्पणी गरेका थिए । तीनै जना नेताले कांग्रेसले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन उम्मेद्वारी दिएको भन्ने एकै किसिमको धारणा राखेको केन्द्रिय सदस्य महेन्द्र शर्माले जानकारी दिए ।
बैठकमा अहिले केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । आइतबारको बैठकमा सदस्यहरुले राष्ट्रपति र प्रधानमन्त्री चयनका लागि संसद्मा भएको निर्वाचनमा नेतृत्वले ठोस रणनीति बनाउन नसकेको भन्दै आलोचना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.