तनहुँ बस दुर्घटना : १४ को मृत्यु, अचेत अवस्थामा पाँच जनाको उद्धार

0

तनहुँ \ तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ।उद्धार गरिएका थप पाँच जना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।उद्धारकार्य जारी रहेकाले यो सङ्ख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो।

बसमा सवार सबै यात्रु  भारतको महाराष्ट्रका भएको प्रहरीले बताएको छ।अधिकांश घाइतेको अवस्था गम्भीर छ।घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको छ।

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको छ।अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले बताएको छ।

घाइतेको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो ।

Leave A Reply

Your email address will not be published.