मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो

0

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा हिमपहिरोले थुनिएको बोक्सी खोला बग्न थालेको छ । हिमपहिरो आएर थुनिएको बोक्सी खोला बग्न थालेको सशस्त्र प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बोक्सी खोला थुनिएको थियो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।

हिमपहिरोले खोला थुनिएसँगै जिल्ला प्रशासन कार्यालय मुस्ताङले थासाङ–२ का ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको थियो ।

Leave A Reply

Your email address will not be published.