संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ : देउवा

0

काठमाडौँ \  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताउनुभएको छ ।

लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व।प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठुलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताउनुभयो ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउनु भयो । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौँ। अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमति भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यही सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबिच सहमति भएको छ । यो दुई पार्टीबिचको सहमति कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरू सबै पार्टीहरूलाई समेट्दै लैजाने हो ।’

Leave A Reply

Your email address will not be published.