टिकटकमाथिको प्रतिबन्ध खोल्ने सरकारकाे तयारी

0

सर्तहरू मान्न तयार भएपछि सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ ।

नेपालको नीति नियम, गोपनीयताको सवाल र सामाजिक तथा सामाजिक सद्भावबारे गम्भीर रहेको र सर्तहरू पालना गर्ने प्रतिबद्धतापछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

टिकटकको एशिया प्रशान्त कार्यालयले इमेल पठाएर सरकारका शर्त मान्न सकिने जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रक्रिया पुर्‍याएर प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि टिकटक खुल्नेछ ।

गएको वर्षको कात्तिकमा तीन वटा ठूला दलको सहमतिमा प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.