काम गर्न एक वर्षमा ५० हजार नेपाली गए युरोप

0

काठमाडौँ \ वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश गएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार युरोपियन युनियनमा आबद्ध २८ वटै देशमा नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका छन् ।

क्रोएसिया, साईप्रस, माल्टा र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत गएका छन् । ती बाहेकका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् ।

३३ हजार ६४७ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर युरोप गएका छन् । जसमा २६ हजार ६८० जना पुरुष ६ हजार ९६७ जना महिला रहेका छन् भने १७ हजार १०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

विगत केही वर्षयता रोजगारीका लागि युरोप जाने नेपालीहरूको सङ्ख्या बढ्दो छ । हरेक वर्ष यो सङ्ख्या बढ्दो क्रममा छ । विशेषगरी युरोपका क्रोएसिया, साईप्रस, माल्टा, पोल्याण्ड, रोमानिया लगायतका देशमा भने नेपालीहरूको आकर्षण निकै बढी छ ।

२०८०/०८१ मा श्रम स्वीकृति लिएर यूरोपेली देशमा जाने नेपालीहरूको तथ्यांक

Fullscreen capture 8202024 42226 PM

Leave A Reply

Your email address will not be published.