विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी

0

विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी भएको छ । एक सय ८५औं विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

‘जब हिमाल मुस्कुराउँछ’ नाराका साथ गरिएको फोटो प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरूले विभिन्न समयमा कैद गरेका हिमशृङ्खलाका ५० वटाभन्दा बढी तस्बिर राखिएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले विगतको तुलनामा अहिले फोटा खिच्नका लागि पत्रकारहरूलाई सहज अवस्था नभएको बताउनुभयो । पछिल्लो समय फोटो पत्रकारहरूको पेसालाई पनि कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले चुनौती दिइरहेको उहाँले बताउनुभयो । एआई, मोबाइल फोटो ग्राफिक्सका कारणले व्यावसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको अध्यक्ष पन्तकाे भनाइ छ ।

Leave A Reply

Your email address will not be published.