परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता

0

नयाँदिल्ली \ भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

सोमबार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.