नेपाल सरकारले आगामी बर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्बजनिक गरेकोछ। रास्ट्रपति रामछान्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्नु भएको हो।
नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेश गर्दै परिवर्तन र उपलव्धीप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।
सरकारले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने , अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गर्ने भन्दै यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
राजनीतिक स्थिरतालाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने सरकारले कार्यक्रममा उल्लेख गरेकोछ । विकास निर्माणका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न ढाँचा परिवर्तन गर्ने, विगतमा घोषणा गरिएका बिकासका कार्यक्रमलाई पुन प्राथमीकीकरण गर्ने, स्रोत सुनिश्चितता गरी सम्भावना नभएका आयोजना स्थगत गर्ने र खारेज गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ
नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all
https://chardisha.com/wp-content/uploads/2025/05/%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%B2-all.pdf