काठमाडौंमा मध्यरातमा भुकम्प,

0

काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा राती तीन बजे तिर भूकम्पको धक्का महसुस भएको छ।

सुती रहेको बेला भूकम्पको कडा धक्का महसुस गरेर सर्वसाधारण त्रसित बनेका छन ।
राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी गराएक्छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास भएको बताइएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

बाजुरा र जाजरकोटको भुकम्पको क्षति नबिर्सेंका नेपाली जनतालाई फेरी राजधानी नजिकको भुकम्पले डराएकोछ ।
त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प बारम्बार गैरहेकाछन ।

Leave A Reply

Your email address will not be published.