क्याट बेल्जियमको परोपकारी कोषका लागि धुर्मुस सुन्तली बुढाबुढीको ब्यंग्य फाइट ,

0

कलाकारितालाई थाती राखेर क्रिकेट रङ्गशाला निर्माणको अभियान चलाएका प्रसिद्ध हास्यकलाकार द्वय धुर्मुस सुन्तलीले लामो समय पछि बेल्जियममा धमाकेदार प्रस्तुति दिएकाछन । चितवन सहायता समाज ( क्याट ) बेल्जियमले आयोजना गरेको धुर्मुस सुन्तली साँझमा उनिहरुले समसामयिक सामाजिक बीक्रिती बिरुद्ध ब्यंग्य गरेका थिए ।

हास्यकलामा धुर्मुस सुन्तली पात्रको उपनाम पाएका सिताराम कट्टेल र कुन्जना घिमेरेले नेपालमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने अभियान चलाएका थिए । अपेक्षा अनुरुप काम सम्पन्न हुन नसके पछि चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको दायित्व भरतपुर महानगरपालिकाले लिएकोछ ।

यो संगै धुर्मुसको जोडी फेरी कलाकारितामा सकृय हुने मनसाय सहित युरोपका बिभिन्न देशमा आफ्नो कला प्रस्तुत गर्न अहिले युरोपमा छन ।

सोमबार क्याट बेल्जियमले नेपालमा परोपकारी कामका लागि फन्ड जुटाउन धुर्मुस सुन्तली साँझमा उनिहरुले दर्शकहरुलाई हसाउनुका साथै देश प्रेमले भरिपूर्ण ब्यंग्य युक्त  सन्देश दिदा भावुक पनि बनाएका थिए ।

कार्यक्रममा लोक दोहरी गायक बिष्णु क्षेत्री, तुल्सि सीबाकोटीको सांगितिक प्रस्तुतिका साथै चोक्तेन लामा र आर्जु अधिकारीले आकर्षक न्रित्य प्रस्तुत गरेका थिए ।

यस अघि भएको छोट्टो औपचारिक कार्यक्रममा पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र बिशेष अतिथी एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कलाकार सिताराम कट्टेल, प्रमुख अतिथी राजभन्डारी र बिशेष अतिथी सापकोटाले कार्यक्रमको सफलताको लागि शुभकामना दिनु भएको थियो ।

औपचारिक कार्यक्रमको संचालन क्याट बेल्जियमका महासचिब मोहन केसी र सांस्कृतिक कार्यक्रमको संचालन याक्पा जान्जी शेर्पाले गर्नु भएको थियो ।

उक्त च्यारिटी सांस्कृतिक साँझ उपस्थित दशर्क, अतिथिहरु , कलाकार सहयोगदाता, स्वयमसेवकहरु सबैलाई कार्यक्रमका सभापति एबम क्याट बेल्जियमका अध्यक्ष ईश्वरी कंडेलले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रमबाट जम्मा भएको कोष नेपालमा क्याट बेल्जियमले संचालन गरेका परोपकारी परीयोजनामा खर्च गरिने सो कार्यक्रमका संयोजक एबम महासचिब मोहन केसीले जानकारी गराउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.