एनआरएनए पोर्चुगल अध्यक्षमा दीपा काफ्लेको कार्यकाल सुरु

0

पोर्चुगल \  गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,पोर्चुगलको अध्यक्षमा दीपा काफ्लेको कार्यकाल सुरु भएको छ । सन् २०२३ जुलाई ३० मा सम्पन्न भएको नवौं राष्ट्रिय अधिवेशनमा बन्द शत्रको म्याण्डेट अनुसार सन् २०२४ अगष्ट १ बाट काफ्ले अध्यक्ष हुने म्यान्डेट अनुसार उहाँ अध्यक्षमा चयन भएसङै कार्यकाल सुरु भएको हो । यस अघि सन् २०२३ को लागि उमेश कुमार खड्का अध्यक्ष हुनुभएको थियो ।

सन २०२३-२५ का लागि काफ्ले र खड्का बीच चुनावी प्रतिस्पर्धा हुने भएपछि दुबैजनाले एक एक वर्ष कार्यकाल अध्यक्ष हुनेगरी सहमति गरेका थिए । निर्वाचन समितिले उम्मेद्बारहरुको सहमति र केन्द्रीयतहमा जस्तै आलोपालो अध्यक्ष हुने परिपाटीलाई पोर्चुगलमा पनि कार्यान्वयन गरेको थियो । अधिवेशनको म्यान्डेट अनुसार खड्काको कार्यकाल जुलाई ३१ अथार्त बुधबार सम्म रहेको र बिहिवार देखी काफ्लेको स्वतः अध्यक्ष कार्यकाल सुरु भएको हो ।

अध्यक्ष कार्यकाल सुरु भएसँगै काफ्लेले पोर्चुगल निवासी नेपाली दाजुभाई तथा दिदिबहिनी आमाबुबाहरुका हकहितका लागि काम गर्ने बताउनु भयो । उहाँले पोर्चुगल बसाईको करिब आधा दशकमा नेपाली समुदाय सँग प्रत्यक्ष रुपमा जोडिदै सुखदुःखमा सहयोग गर्दै आफ्नो क्षमताले भ्याएसम्म समुदायको हितमा लागिरहेको बताउँदै प्रवासमा हाम्रो पहिचान कला संस्कृति नयाँ नेपाली पुस्ता तथा विदेशमा सिकेको सीपलाई मातृभूमि नेपालसँग कसरी जोड्न सकिन्छ भन्ने कुराहरुलाई आफनो कार्यकालमा मुख्य एजेण्डा बनेर काम गर्ने बताउनु भयो ।

आफुले सामाजिक कार्यहरुमा रचानात्मक र सृजनात्मक तरिकाले समाजिक उत्तरदायित्व बहन गर्दै सहभागिता देखाउँदै आएको र आगामी दिनहरुमा पनि पोर्चुगलमा नेपालीहरुको समस्या समाधानमा हरपल लाग्ने बताउनु भयो । लोकतान्त्रिक प्रक्रियाको सुन्दर पक्ष निर्वाचन हो,निर्वाचनमा जादै गर्दा उमेश जी र मैले एउटा सहमति गरेका थियौ सोही अनुसार अबको एक वर्ष आफ्नो कार्यकाल सुरु भएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.