राष्ट्रपतिमा मादुरोको जितपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन, ११ जनाको गयो ज्यान

0

भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएपछि त्यहाँँ शुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको ४ दिनदेखि भइरहेको विरोध प्रदर्शनको क्रममा अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

विपक्षी नेताहरूले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि देशका विभिन्न भागमा नागरिकले विरोध प्रदर्शन थालेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

धेरै ठाउँमा आगजनीसमेत भएको छ । राजधानी काराकसमा रहेको राष्ट्रपति भवनमा प्रदर्शनका लागि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रबरको गोली हान्नुका साथै अश्रुग्यास छरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालय घर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जीत हुने भविष्यवाणी गरेका थिए । तर चुनावको नतिजा उल्टो आएपछि विपक्षीले नतिजा मान्न अस्वीकार गरेका हुन् ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.