बागमती प्रदेशका मुख्यमन्त्री लामा र ९ जना मन्त्रीहरुको सपथग्रहण

0

हेटौंडा \  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण भएको छ । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण भएको हो । यस प्रदेशमा मुख्यमन्त्री बहादुर सिं लामा सहित अरु नौ जना मन्त्रीहरुले सपथग्रहण गरेका हुन् ।

नेकपा एमालेका छ जना मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुको सपथग्रहण गरिएको हो । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माले मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराए ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी तोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.