साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे

0

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

जहाजमा १७ जना विमानका प्राविधिक कर्मचारी र दुई जना चालक दलका सदस्य रहेकाे प्रहरीले जनाएकाे छ ।

सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ ।

काठमाण्डौ आउँदै गरेका जहाजलाई ‘डाइभर्ट’ गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने विमानस्थलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.